December 24, 2025

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, छापावाल सुन ७०० रुपैयाँ सस्तो

काठमाडौँ, १७ वैशाख — नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो।

हिजो मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ८८ हजार १०० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। प्रतितोला पाँच रुपैयाँले घटेर अहिले चाँदीको कारोबार मूल्य १ हजार ९६५ रुपैयाँमा कायम भएको छ।

समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *