November 14, 2025

सीमावर्ती तनावबीच एयर इन्डिया र इन्डिगोले मङ्गलबारका उडानहरू रद्द गरे

काठमाडौं, वैशाख ३०– पाकिस्तानबीच हालैको चार दिने सैन्य झडपपछि तनाव कायमै रहेकाले सावधानीस्वरूप एयर इन्डिया र इन्डिगोले मङ्गलबार (१३ मे) का लागि सीमावर्ती क्षेत्रहरूमा हुने केही उडानहरू रद्द गरेका छन्।

एयर इन्डियाले जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरेको जनाएको छ। यस्तै, इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटका उडानहरू स्थगित गरेको छ।

हालै युद्धविरामको सहमति भए पनि सीमामा जारी तनाव र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यात्रुहरूलाई ट्राभल एड्भाइजरीको पालना गर्न अनुरोध गरिएको छ। एयरलाइन्सहरूले उडान सम्बन्धी जानकारीका लागि आफ्ना वेबसाइट वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न आग्रह गरेका छन्।

अन्तराष्ट्रियसमाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *