December 24, 2025

आज देशभर आंशिक बदली, केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ७ – आज देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा अन्य केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।

आज राति पनि कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने। मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रा गर्दा वा बाहिर जाँदा आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

मौसमसमाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *