जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
काठमाडौं, ३१ वैशाख —प्रतिनिधिसभामा आउँदो जेठ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवराज घिमिरेका अनुसार, सो दिन सांसदहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा प्रश्न राख्नेछन्।
सभामुख घिमिरेले समूह १० का सांसदहरूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५८ अनुसार जेठ २ गतेभित्र लिखित रूपमा प्रश्न पेस गर्न जानकारी गराएका छन्।
नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सत्र सञ्चालन गरिने प्रावधान छ।
