December 24, 2025

भारत–पाकिस्तान तनावका कारण आईपीएल एक साताका लागि स्थगित

काठमाडौँ, वैशाख २६- भारत र पाकिस्तानबीच चुलिँदो द्वन्द्वको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) हाललाई एक हप्ताका लागि स्थगित गरिएको छ। भारतीय क्रिकेट बोर्ड (BCCI) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेल सुरक्षासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै प्रतियोगिता केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो।

बीसीसीआईका सचिव देवाजित साईकियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि बोर्डको गर्भनिङ काउन्सिलले प्रसारण साझेदार, सुरक्षासम्बन्धी निकाय, तथा अन्य सरोकारवालाहरूसँगको परामर्शपछि स्थगनको निर्णय लिएको हो।

विज्ञप्तिमा भनिएको छ, “क्रिकेट राष्ट्रिय भावना र मनोरञ्जनसँग जोडिएको विषय हो, तर राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तालाई प्राथमिकता दिनु अत्यावश्यक छ।”

यसअघि केही भारतीय सञ्चारमाध्यमहरूले आईपीएल अनिश्चितकालका लागि स्थगित भएको दाबी गरेका थिए, तर बीसीसीआईले हाललाई एक हप्ताको स्थगन मात्र औपचारिक रूपमा घोषणा गरेको छ।

यस निर्णयले खेलप्रेमी तथा टिम व्यवस्थापनमा तत्काल प्रभाव पारेको छ भने आगामी खेल तालिका फेरबदल हुने सम्भावना रहेको छ।

अन्तराष्ट्रियखेलकुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *